चूडामणिबारे आज सर्वोच्चले निर्णय सुनाउने

चूडामणिबारे आज सर्वोच्चले निर्णय सुनाउने


साउन सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई गैरकानूनी रुपमा थुनामा राखेको भनी दायर रिट माथि आज निर्णय सुनाउने भएको छ।

न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलासले शर्मा पत्निले दिएको रिटमाथि अन्तिम सुनुवाई बुधवार सकेको थियो।

बहस नोट पढ्न समय नपुगेको भन्दै शुक्रबार निर्णय सुनाउने दिन तोकेको थियो। उक्त इजलासले आज निर्णय सुनाउने सर्वोच्चको वेभसाइटमा उल्लेख छ। अख्तियारले पक्राउ गरी आफ्नै हिरासतमा राखेका शर्मालाई मंगलबारदेखि न्यायिक हिरासतमा राख्न सर्वोच्चले आदेश दिएको थियो।

उनले १० अर्ब भ्रष्टाचार गरेको अभियोग लगाएर अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ। गत असार ४ गते न्यायाधीशद्वय चोलेन्द्रशमशेर जबरा र प्रकाश राउतको संयुक्त इजलासले शर्माको विशेषको मुद्दालाई यथास्थितिमा राख्न आदेश दिएको थियो।

शर्मालाई अख्तियारले मुद्दा चलाउन मिल्ने या नमिल्ने तय गर्न संयुक्त इजलासले यो मुद्दा पूर्ण इजलासमा पठाएको थियो। शर्माकी श्रीमती कल्पना उप्रेतीले विशेष अदालतलाई विपक्षी बनाई शर्मालाई गैरकानूनी रूपमा थुनामा राखेको जनाउँदै गत असार २७ गते बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिईन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.