कांग्रेस, माओवादी र राजपाका नेताहरूको बैठक बालुवाटारमा जारी

फाइल तस्बिर।


सत्तारुढ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरूको बैठक अहिले बालुवाटारमा बसिरहेको छ।

प्रधानमन्त्रीका बरिष्ठ सञ्चार विज्ञ गोविन्द परियारका अनुसार केहीबेर अघि सुरू भएको बैठकमा  राजपाका नेताहरूले संविधान संशोधन विधयेक मतदानका लागि संसदमा पेस गर्न प्रस्ताव गरेका छन्।

यसअघि संविधान संशोधनबिना चुनावमा जाने/नजानेमा राजपाको अध्यक्ष मण्डलमा रहेका नेताहरू विभाजित िथए।

अब सबै नेताहरू संविधान संशोधन विधयेकमा मतदान भए पास फेल जे भएपनि चुनाव जान तयार भएकाले  अाज प्रधानमन्त्रीसँग कुरा गर्न लागिएको राजपाका एक नेताले जानकारी दिए।

बिहीबार सर्वोच्च अदालतले तराई/मधेसमा स्थानीय तह थप्न सरकारलाई बाटो खुला हुने गरी फैसला निर्णय गरेपछि राजपा नेताहरूले त्यसलाई सकारात्मक कदम बताएका थिए।

िहजै राति राजपा नेता र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच सामुहिक भेट भएको थियो।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.