बजेटको अभावमा सबै स्थानीय तहको सडक व्यवस्थापनको काम चुनौतिपूर्ण – मन्त्री गच्छदार

फाइल तस्बिर।


उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले बजेटको अभावमा सबै स्थानीय तहको सडक व्यवस्थापनको काम चुनौतिपूर्ण रहेको बताएका छन् । बिहिबार काठामाडौंमा आयोजित ‘दीगो सडक मर्मत, संहार र स्थानीय सरकार’ विषयक अन्तरक्रिया कार्यक्रममा  उनले सो कुराको जानकारी दिएका हुन् ।

उपप्रधानमन्त्री गच्छदारले सडक बोर्डलाई आवश्यक स्रोतको व्यवस्था नगरी जनताको चाहना अनुसार सडक मर्मत, सम्भारको  काम सम्पन्न नहुने बाध्यतात्मक  अवस्था रहेको पनि स्पष्ट पारे । कार्यक्रममा  बोल्दै उनले सडक बोर्डलाई अधिकारसम्पन्न निकाय बनाएर सडक मर्मतको कामलाई तीव्र गतिमा अघि बढाउन आफूले पहल गर्ने आश्वासन पनि दिए ।

उपप्रधानमन्त्री गच्छदारले सडकको दूरावस्थाकै कारण मानिसहरुको ज्यान जाने  गरेको घटनाले सरकारलाई गम्भीर बनाएको पनि स्मरण गराए ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.