‘राजपा’लाई निर्वाचनमा सहभागी हुन नेता खनालको आग्रह

‘राजपा’लाई निर्वाचनमा सहभागी हुन नेता खनालको आग्रह




नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले निर्वाचन अघि संविधान संशोधन हुनै नसक्ने बताएका छन् ।

एमाले प्रदेश नं १ को पार्टी प्रशिक्षणका क्रममा इलाम आइपुगेका नेता खनालले बुधबार पत्रकारसँग कुरा गर्दै अब माघ ७ गतेभित्र दुवै तहका निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

तोकिएको मितिमै निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयन गर्नुको कुनै विकल्प नभएको भन्दै उनले २ नं प्रदेशमा राजपालाई निर्धक्क भएर चुनावमा जान सुझाव दिए ।

नेता खनालले सत्तामा रहेको काँग्रेसले छलछामको राजनीति गरिरहेको र त्यसैकारण राजपालाई चुनावमा आउन नदिने दाउमा लागेको आरोपसमेत लगाए ।  एमाले निश्चित संकल्प बोकेर हिँडिरहेको बताउँदै उनले अब हुने २ नं प्रदेशको निर्वाचनमा पार्टीका सबै नेता कार्यकर्तालाई केन्द्रीत हुन आग्रह गरे । रासस

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.