स्थानीय तह निर्वाचनमा आफ्नै पार्टीका कारण हार बेहोर्नुपरेको नेपाली कांग्रेस झापाले जनाएको छ ।
कांग्रेस झापाको बुधबार जिल्ला पार्टी कार्यालय बिर्तामोडमा भएको समीक्षात्मक छलफलमा त्यस्तो निष्कर्ष निकालिएको हो ।
उम्मेदवारी चयनमा ढिलाई, उम्मेद्वारका आकांक्षीहरू धेरै हुनु, त्यसको व्यवस्थापनमा पार्टी नेतृत्व असफल हुनुलगायत आन्तरिक कारणले नै पार्टीले चुनावमा हार बेहोर्नुपरेको छलफलका सहभागीले बताएका छन् ।
कांग्रेसका झापा सभापति उद्धब थापाले स्थानीय तह निर्वाचनमा भएका कमीकमजोरीलाई आगामी दिनमा सच्याउने र अन्तरघात गर्ने कार्यकर्तालाई कारबाहीको दायरामा ल्याउने बताए ।
उपसभापति राम कट्टेलले पार्टीका सदस्यबाटै पार्टीले उठाएका उम्मेद्वारप्रति गरेका नकारात्मक टिप्पणी गलत भएको बताए । रासस