भट्टराईलाई भेट्न अस्पताल पुगे ओली


नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

भट्टराईको स्वास्थ्यअवस्थाबारे बुझ्न आज दिउँसो ओली भक्तपुरको गठ्ठाघरस्थित नागरिक अस्पताल पुगेका ओलीका स्वकीय सचिव अनिश दाहालले जानकारी दिए ।

भेटका क्रममा ओलीले पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईको स्वास्थ्य लाभको कामना गरेका थिए । भेटमा भट्टराई पत्नी एवं नयाँ शक्ति पार्टीकी नेत्री हिसिला यमी, पूर्वउद्योगमन्त्री महेश बस्नेत सहभागी थिए ।

मुत्रनलीमा समस्या भएपछि भट्टराई ६ दिन अघि अस्पतालमा भर्ना भएका थिए। रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.