नयाँ जनप्रतिनिधि आएका दुई महिनापछि काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृत फेरिएका छन्। महानगरका कार्यकारी अधिकृत ईश्वरराज पौडेललाई गृह मन्त्रालय सरूवा गरिएको छ भने नयाँ कार्यकारी अधिकृतमा धनीराम शर्मा पौडेललाई पठाइएको छ।
शर्मा महानगर आउनुअघि अर्थ मन्त्रालय थिए। गृह मन्त्रालय सरुवा गरिए पनि पौडेलको जिम्मेवारी तोकिएको छैन।
पौडेल ६ महिनाअघि सिइओ बनेर महानगरमा आएका थिए। ‘मैले महानगरको प्रमुख पनि भएर काम गरेको र अहिले नयाँ जनप्रतिनिधि आएपछि उहाँहरुलाई काम गर्न सजिलो होस् भनेर पनि सरुवा भएको हो,’ पौडेलले सेतोपाटीसँग भने।