जिसस दोलखामा एमाले समूह विजयी

जिसस दोलखामा एमाले समूह विजयी




जिल्ला समन्वय समिति दोलखामा नेकपा (एमाले)का समूह विजयी भएका छन् ।

समितिको प्रमुखमा डबल पाण्डे र उपप्रमुखमा मनमाया जिरेलले १४ मत प्राप्त गरी विजयी भएका हुन् ।  समितिको मङ्गलबार भएको निर्वाचनमा कुल १८ मतमध्ये एमालेको समूहले १४ र काँग्रेस–माओवादीको गठबन्धनले चार मत प्राप्त गरेका हुन्  ।

यसैगरी समितिका सदस्यमा एमालेका आइपी तामाङ, कमलकुमारी कार्की, गीता पोखरेल, विदुर शर्मा, युवराज घतानी, जितवहादुर श्रेष्ठ र मुरारी शिवाकोटी विजयी भएका छन्। निर्वाचित पदाधिकारीले मङ्गलबार नै पदबहाली गरेका छन् । रासस

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.