दुई नम्बर प्रदेशमा टिकट बाँड्न र चुनाव तयारी गर्न कांग्रेस बैठक जारी

दुई नम्बर प्रदेशमा टिकट बाँड्न र चुनाव तयारी गर्न कांग्रेस बैठक जारी


दुई नम्बर प्रदेशमा टिकट बाँड्न र स्थानीय तह निर्वाचन तयारीबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक बसेको छ।

बिहान ९ बजेदेखि बसेको बैठकमा नेताहरुले आफ्ना भनाइहरु राखिरहेका छन्। समिति सदस्य खाणका अनुसार, २ नम्बर प्रदेशमा चुनाव कसरी गर्ने र राम्रो नतिजा ल्याउने भन्ने विषयमा छलफल केन्द्रित छ।

२ नम्बर प्रदेशमा चुनाव प्रचारप्रसार र टिकट वितरणका विषयमा नेताहरुले आआफ्ना धारणा राखिरहेका छन्। अहिलेसम्म प्रकाश शरण महत, फर्मुला मन्सुर, अर्जुन नरसिंह केसी लगायतले बोलिसकेका छन्। अब नेता कृष्ण सिटौलाले आफ्ना कुरा राख्ने छन्।

काँग्रेसले विगत निर्वाचनमा भएका कमजोरी सच्याएर समयमै पार्टीका आधिकारिक उम्मेदवार तय गर्नुपर्नेमा उनीहरुको जोड थियो।
प्रभावकारी प्रचारप्रसार कार्यक्रम गर्ने, पार्टीभित्रका असन्तुष्टिलाई समयमै व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि वैठकमा कुरा उठेको छ।
संविधान संशोधन प्रस्तावलाई अघि बढाउन पहल गर्ने, सम्बोधन भइसकेका मधेशका अन्य कतिपय मागका बारेमा जनतालाई जानकारी गराउने र निर्वाचनमा पार्टीका सबै संयन्त्र प्रभावकारी रुपमा परिचालन गर्ने बारेमा समेत बैठकमा छलफल भएको छ।

काँग्रेसले यसअघि तेस्रो चरणको स्थानीय तहको निर्वाचनका सन्दर्भमा यही साउन ५ र ६ गते प्रदेश नं २ का काँग्रेसका केन्द्रीय सदस्य, जिल्ला सभापति, जिल्ला सभापतिका निकटतम प्रतिस्पर्धी, सांसद, पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री, पूर्व सांसद, क्षेत्रीय सभापतिलगायत नेताको काठमाडौंमा भेला गरेको थियो।

भेलाले निकालेको निष्कर्षलाई साउन ९ गतेको पार्टीको केन्द्रीय समिति बैठकले सकारात्मक रुपमा ग्रहण गर्ने निर्णय गरेको थियो। पार्टीले निर्वाचनका तयारीका लागि हालै प्रदेश नं २ मा समेत बृहत् भेला गरिसकेको छ। काँग्रेसले सदैव समृद्ध मधेश र अधिकारसम्पन्न मधेशी जनताका पक्षमा रही काम गर्दै आएको र तराई–मधेशका सबै भावनासँग आत्मसात् गर्न दृढ संकल्प रहेको तथ्यलाई ध्यानमा राखी पार्टीका पक्षमा मतदान गर्न सबै मतदातामा आग्रहसमेत गरेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.