बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले उर्जामन्त्री महेन्द्रबहादुर शाहीसँग भेट गरी बुढीगण्डकी जलविद्युत आयोजनाको विषयमा ज्ञापनपत्र बुझाएको छ। सोमबार समितिले उर्जामन्त्रीलाई भेट गरी उक्त ज्ञापनपत्र बुझाएको हो ।
भेटको क्रममा उर्जामन्त्री शाहीले आफूले बुढीगण्डकी जलविद्युत आयोजनको विषयमा धेरै अध्ययन गर्न नपाएकाले आयोजनाको विषयमा कुनै प्रतिबद्धता जनाउन नसके पनि स्थानीय बासिन्दाले लाभ पाउने गरी मात्र आयोजना बन्ने बताए। ‘स्थानीयलाई सुकुम्बासी र प्रवासी बनाएर आयोजना बन्दैन, त्यो आयोजनाबाट सबैभन्दा पहिले लाभ पाउने हक तपाईहरुको छ’, उनले भने,‘यसअघि केही कमजोरी भएको भए मिलाएर अघि बढ्छु। एक पटक फिल्डमै गएर सार्वजनिक सुनुवाई गर्ने विचार गरेको छु।’