भदौ १ गतेभित्र आगामी निर्वाचनको मिति घोषणा गर्न आयोगको सुझाव

भदौ १ गतेभित्र आगामी निर्वाचनको मिति घोषणा गर्न आयोगको सुझाव

तस्बिरः अनिश रेग्मी


भदौ १ गतेभित्रै आगामी निर्वाचनको मिति घोषणा गर्न सरकारलाई निर्वाचन आयोगले सुझाव दिएको छ।

सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफलमा आयोगका प्रमुख अयोधीप्रसाद यादवले आफूहरूले सरकारलाई भदौ १ भित्रै नयाँ निर्वाचनको मिति घोषणा गर्न सुझाव दिएको बताए।

छलफलबाट बाहिरिएर पत्रकारसँग कुरा गर्दै यादवले भने, ‘हामीले दिएको सुझावमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ। विद्युतीय मतदान प्रणाली लागू गर्न पनि सुझाव दिएका छौ,’ उनलेभ भने, ‘निर्वाचन सम्बन्धी कानुन र निर्वाचन  क्षेत्र निर्धारण आयोगको प्रतिवेदन छिटो दिन भनेका छौ।’

पहिला प्रतिनिधि सभाको निर्वाचन हुनुपर्ने भन्दै उनले एकैचोटि निर्वाचन गर्ने विषयमा छलफल गर्नुपर्ने बताए।

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.