भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहाल जित नजिक पुगेकी छन्।
मतगणना अन्तिम चरणमा पुग्दा कांग्रेस-माओवादी गठबन्धनकी रेणु दाहालले सुरूदेखिकै आफ्नो अग्रता कायमै राखेकी छन्।
मतगणना सुरू हुनेबेलासम्म ८६४ मतले पछाडि परेकी रेणु १९ नम्बर वडाको गणना सकिएपछि मतान्तरलाई २५७ मा ल्याएकी थिइन्।
हरेक ४०० मत गणनामा रेणुलेनै अग्रता लिएको मत परिणाम अनुसार अब ५०२ मत गन्न बाँकी रहेकाले अब पनि यही ट्रेन्डमा जाने हो भने दाहाल मुलुकमै पहिलो पटक महानगरको बागडोर सम्हाल्ने अवसर पाउनेछिन्।
भरतपुर २० को पछिल्लो मत परिणाम अनुसार रेणुले आफ्ना प्रतिस्पर्धी एमालेका देवी ज्ञवालीलाई १५६ मतले पछि पारेकी छन्। दाहालले ४२ हजार ९ सय १३ र ज्ञवालीले ४२ हजार ७ सय ५७ मत पाएका हुन्।
अहिलेसम्म २० नम्बर वडाको २ हजार ८ सय मतगणना भएको छ। अब ५ सय २ मत गन्न बाँकी छ।
हरेक ४०० मत गनेर परिणाम सार्वजनिक गर्दा एक पटक पनि रेणु पछाडि नपर्नुले २० नम्वर वडामा लगभग सबै टोलमा एमाले भन्दा कांग्रेस-माओवादी केन्द्र गठ्बन्धन बलियो रहेको देखियो।