भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ५७ मतले अग्रता लिएकी छन् ।
कांग्रेसको समेत समर्थनसमेत पाएकी उनले २ हजार मत गन्दा एमाले उम्मेदवार देवी ज्ञवालीले भन्दा ५७ मत बढी पाएकी हुन्। रेणुको मत ४२ हजार ५ सय ८९ छ भने देवीले ४२ हजार ५ सय ३२ मत पाएका छन्।
वडा नम्बर १९ को गणना गर्नुअघि देवीको अग्रता ७८४ थियो। त्यहाँबाट लगातार मतान्तर घटाइरहेकी दाहालले अन्ततः अहिले अग्रता लिएकी हुन्।