भरतपुर वडा नम्बर १९ को मत गणना सकिएको छ।
भरतपुर महानगरपालिका वडा नम्बर १९ मा नेपाली कांग्रेस प्यानल नै विजयी भएको छ । अध्यक्षमा कर्ण गुरुङसहित प्यानल नै विजयी भएका हुन् । भरतपुर १९ मा दलित महिला सदस्यमा चुन्चा परियार, खुला सदस्यमा जयनारायण सापकोटा, दोर्ण गुरुङ, महिला सदस्यमा साधना पराजुली विजयी भएका छन्।
१९ नम्वरको गणना सकिँदासम्म २ सय २१ मतले देवी ज्ञवाली अघि छन्। सार्वजनिक भएको मत परिणाम अनुसार ज्ञवालीले ४१ हजार ९ सय ४६ मत पाएका छन् भने माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहालले ४१७२५ मत पाएकी छन्।
पछिल्लो परिणाम अनुसार १९ नम्बर वडाको मात्र मतमा नेकपा एमालेका उम्मेद्वार ज्ञवालीले ९६६ मत पाएका छन्। यस्तै माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहालले १५२९ मत पाएकी छन्।
वडाध्यक्ष कर्ण गुरुङले १४७६ मत पाए का छन्।
चुनाव सकिने वित्तिकै सेतोपाटीले लेखेको विश्लेषणमा १९ नम्बरमा रेणुले यसपाली थप मत प्राप्त गर्नेछिन् तर जित्नका लागि २० नम्बर वडामा भर पर्नुपर्नेछ भन्ने लेखिएको थियो।
हेर्नुहोस्ः