भरतपुर १९ मा २ हजार ४ सय मत गन्दा देवीको अग्रता २ सय ७१ मा झर्‍यो

भरतपुर १९ मा २ हजार ४ सय मत गन्दा देवीको अग्रता २ सय ७१ मा झर्‍यो


भरतपुर महानगरपालिका वडा नम्ब १९को २४ सय १० मत गणना गर्दा मेयरकी माओवादी उम्मेद्वार रेणु दाहालले मतान्तर २७१ मा झारेकी छन्। अहिलेसम्म सबै गरी एमाले उम्मेद्वार देवी ज्ञवालीको ४१ हजार ७ सय ७४ मत पुगेको छ। दाहालको पक्षमा ४१ हजार ५सय३ मत खसेको छ।

यस्तै उपमेयरमा पार्वती शाहले ४५ हजार ३ सय ९८ मत र दिव्य शर्मा आचार्यले ३८ हजार ४ सय ३४ मत प्राप्त गरेका छन्। शुक्रबार फेरि मतदान भएपछि राति साढे ११ बजेदेखि मतगणना सुरु भएको हो ।

यस्तै वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वारले १२६५ मत पाउँदा एमालेका उम्मेद्वारले ८९८ मत पाएका छन्। यस्तै माओवादी केन्द्रका वडाध्यक्षका उम्मेद्वारले ६६ मत पाएका छन्।

वडा नम्बर १९ मा कुल २७७० मत खसेको छ।

हेर्नुहोस् अहिलेसम्म कसले कति मत पाए।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.