१३ दिनदेखि अनसनरत डा. गोविन्द केसीको समर्थनमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की शनिबार १२ बजे माइतीघरदेखि नयाँ बानेश्वरसम्म सडकमा उत्रिने भएकी छन्।
समग्र चिकित्सा शिक्षामा आमुल सुधारका लागि प्रभावकारी चिकित्सा शिक्षा ऐन ल्याउनुपर्नेलगायतका मागहरु राखेर डा. केसीले एघारौंपटक आमरण अनशन सुरू गरेका हुन्।
कार्कीले र्यालीपछि बानेश्वर चोकमा आयोजित कार्यक्रममा सम्बोधनसमेत गर्ने सोलिडारिटी फर प्रोफेसर डा.गोविन्द केसी अलायन्सका कार्यबाहक संयोजक डा. अभिषेक राज सिंहले सेतोपाटीलाई बताए।
यस्तै कार्यक्रममा कलाकारहरूको बाक्लो उपस्थिति रहनेछ। राजेश हमाल, केकी अधिकारी, खगेन्द्र लामिछाने, रविन्द्र सिंह बानियाँ, क्याप्टेन विजय लामासहितका उपस्थित हुनेछन्।
यस्तै नागरिक समाजमा कृष्ण पहाडी, अधिवक्ता सुरेन्द्र भण्डारी, अधिवक्ता ओमप्रकाश अर्याललगातको उपस्थिति हुनेछ।