रतपुर महानगरपालिका वडा नं १९ को मतगणना जारी रहेको छ। मेयरकी उम्मेदवार माओवादी केन्द्र–कांग्रेस गठबन्धनकी रेणु दाहालले एमालेका देवी ज्ञवालीसँग मतान्तर कम गर्दै लगेकी छिन् ।
पछिल्लो परिणाम अनुसार १९ नम्बर वडाको २ हजार मत गन्दा रेणुले ११३८ मत पाएकी छन् भने देवी ज्ञवालीले ६९२ मत पाएका छन्।
योसँगै देवीको कुल मत ४१ हजार ६ सय ७२ पुगेको छ भने रेणुको ४१२५४ मत पुगेको छ। अब देवीको अग्रता ४१८ मा झरेको छ।
१९ नम्बरको मत गन्नुअघि देवीको अग्रता ८३४ थियो।
यस्तै उपमेयरमा पार्वती शाहले ४५ हजार १ सय ४० मत र दिव्य शर्मा आचार्यले ३८ हजार ३ सय ३८ मत प्राप्त गरेकी छन्।
चुनाव सकिने वित्तिकै सेतोपाटीले लेखेको विश्लेषणमा १९ नम्बरमा रेणुले यसपाली थप मत प्राप्त गर्नेछिन् तर जित्नका लागि २० नम्बर वडामा भर पर्नुपर्नेछ भन्ने लेखिएको थियो।
हेर्नुहोस्