भरतपुर १९ मतगणना सुरु

भरतपुर १९ मतगणना सुरु




भरतपुर महानगरपालिका वडा नम्बर १९ मा मतगणना सुरु भएको छ।  उक्त वडामा आजै पुन:मतदान भएको थियो। पहिलो चरण निर्वाचनको मतगणनामा मतपत्र च्यातिएपछि निर्वाचन आयोग र अदालतले त्यहाँ पुन मतदान गर्न भनेका थिए।

मतदान सकिएपछि बसेको सर्वदलिय बैठकले आजै रातीबाट मतगणना सुरु गर्ने निर्णय गरेको थियो। मतगणनास्थलमा एउटा पार्टीबाट ९ जना प्रतिनिधि हुने पनि वैठकले निर्णय गरेको छ।

भरतपुर १९ मा ३ हजार ७ सय ९७ मतदाता मध्ये २ हजार ८ सय ७० मत खसेको छ। पहिलो चरणको निर्वाचनमा भन्दा २७ मत कम खसेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

पहिलो चरणको निर्वाचनमा भरतपुर १९ मा २ हजार ८ सय ९७ मत खसेको थियो ।

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.