तीन शीर्ष नेताद्वारा केसीलाई अनसन तोड्न आग्रह, माग पुरा गर्न सकारात्मक

तीन शीर्ष नेताद्वारा केसीलाई अनसन तोड्न आग्रह, माग पुरा गर्न सकारात्मक




तीन ठूला पार्टीका शीर्ष नेता, संसदको महिला तथा बालबालिका समिति, शिक्षा मन्त्री र सचिव र विज्ञहरूको बैठकले अनसनरत डा.गोविन्द केसीको मागप्रति सकारात्मक रहेको भन्दै अनसन तोड्न उनलाई आह्वान गरेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको बैठकपछि यस्तो आव्हान गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले सेतोपाटीलाई जानकारी दिए।

डा.केसीको मुख्य माग संसदमा विचाराधिन चिकित्सा शिक्षासम्बन्धी विधेयक पास गर्न फास्ट ट्रयाक मार्फत प्रकृया अगाडि बढाउँदा पनि २०-२१ दिन लाग्ने भएपछि डा.केसीलाई अनसन तत्काल तोड्न बैठकले आव्हान गरेको परियारले बताए।

बैठकमा शीर्ष नेताहरूले डा. गोविन्द केसीका जायज माग पुरा गर्नु पर्ने धारणा राख्दै सबै माग भने पुरा गर्न नसकिने बताएका थिए। चिकित्सा शिक्षा सुधारको माग राख्दै डा.केसी ११औं पटक अनसन बसेको आज १२ दिन भएको छ। डा.केसीले आफूसँग सरकारले बारम्बार सहमति गरेको तर कार्यान्वयन नगरेको आरोप लगाएका छन्। अनसन १२ दिन प्रवेश गर्दा उनको स्वास्थ्य अस्थिर बन्दै गएको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.