कन्काई विकास बैंकद्वारा शिवसताक्षिका जनप्रतिनिधिलाई सम्मान

कन्काई विकास बैंकद्वारा शिवसताक्षिका जनप्रतिनिधिलाई सम्मान




पूर्वमा १२ वटा शाखा रहेको कन्काई विकास बैंकले शुक्रबार शिवसताक्षिका जनप्रतिनिधिलाई सम्मान गरेको छ।झिलझिलेमा शुक्रबार आयोजित कार्यक्रममा बैंकका कार्यकारी प्रमुख प्रकाशमान बज्राचार्य र कार्यकारी अधिकृत रविचन्द्र अर्यालले खादा, अबिर र मायाको चिनो प्रदान गरेर शिबसताक्षी नगरका जनप्रतिनिधिलाई सम्मान गरेका हुन्।

नगरका मेयर चन्द्रकुमार शेर्मा, उपमेयर भोजकुमारी नेपाललाई सम्मान गरिएको कन्काई विकास बैंक झिलझिले शाखाका प्रमुख प्रकाश थापाले बताए।

यस्तै बडा नम्बर १ देखि ११ नम्बरका वडाध्यक्ष पनि सो कार्यक्रममा  सम्माननित भएका थिए। यसरी सम्मानित हुनेहरूमा नम्बर १ बाट कमशः सुवास राई, कुलबहादुर बस्नेत, पुण्य सापकोटा, अधिकचन ताजपुरिया, सत्यनारायण राजबंशी मनोज खुलाल, नवीन ईजम, केयरसिहं बस्नेत, छबिलाल पाठक, कर्णबहादुर थापा, र भैरब कुमार श्रेष्ठ छन्।

स्थानीय तह र बैंक तथा वित्तिय संस्थाबिचको सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्ने नगरका प्रमुखले सम्मानित भएपछि बताए। सो कार्यक्रममा उपमेयर भोजकुमारी नेपाल ,बैंकका कार्यकारी प्रमुख प्रकाशमान बज्राचार्य, नगरपालिका कार्यलयका नासु डिल्ली नेपाल लगायतले बोलेका थिए ।

१अर्ब ६ करोड निक्षेप संकलन गरको सो बैंकले १ अर्ब १८ करोड कर्जा लगानी गरेको छ। झापाको झिलझिले, गौरादह, काकडभिट्टा, बिर्तामोड, राजगढ, मोरङको पथरी, खोर्साने, विराटनगर र ईलामको राँके, मंगलबारे, बिब्लेटे शाखा रहेको सो बैंकको प्रधान कार्यलय झापाको दमकमा छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.