‘जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) पहिलो संशोधन, विधेयक २०७४ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्ने क्रममा बैठकमा नेमकिपाका डिल्लीप्रसाद काफ्लेले बैठकमा गणपूरक संख्या नपुगेको भनी नियमापत्ति जनाउनुभएको थियो ।
काफ्लेको नियमापत्तिपछि सभामुख ओनसरी घर्तीले गणपूरक संख्या यकिन गर्नका लागि तीन मिनेट जनाउ घण्टी बजाउन संसद् सचिवालयलाई निर्देशन दिनुभएको थियो । सो अवधिमा संख्या गणना गर्दा ९७ सदस्यको मात्रै उपस्थिति देखिएपछि बैठक स्थगन गरिएको हो।
नेपालको संविधान धारा ९४ अनुसार संसद्को बैठकमा कुनै पनि प्रस्ताव निर्णयार्थ पेश गर्दा कायम संख्याको कम्तीमा एक चौथाइ सदस्य उपस्थित हुनुपर्छ । सोअनुसार संसद्मा हाल कायम सदस्य संख्यामध्ये १४९ सदस्य उपस्थित हुनुपर्छ । बैठकमा गणपूरक संख्या जम्मा ९७ मात्र भएकोले आजको कार्यसूचीमा रहेका संवैधानिक आयोगसम्बन्धी तीन विधेयक पारित हुन सकेनन् ।
अर्को बैठक अाइतबार दिउँसो १ बजे बस्नेछ ।