ललितपुर जिससको प्रमुखमा कांग्रेसका उम्मेदवार अम्बरबहादुर खड्का निर्विरोध निर्वाचित

ललितपुर जिससको प्रमुखमा कांग्रेसका उम्मेदवार अम्बरबहादुर खड्का निर्विरोध निर्वाचित


ललितपुर जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार अम्बरबहादुर खड्का निर्विरोध विजयी भएका छन् ।

समितिमा आज भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार दिनेश महर्जन उपप्रमुखमा विजयी भएका छन्  ।

त्यसैगरी सदस्यहरुमा कांग्रेसका उमा बर्जाचार्य (श्रेष्ठ), बेली डंगोल, ज्ञानकुमार नगरकोटी, जयराम तिमल्सिना र लेखाराम महर्जन, तथा माओवादी केन्द्रका तर्फबाट निशा गुरुङ र सुमित्रा लाम नेपाली विजयी बनेकी मुख्य निर्वाचन अधिकृत बालकृष्ण दवाडीले बताए ।

समितिको निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन विजयी भएको हो । रासस

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.