स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुखमा प्रा डा श्रीकृष्ण गिरी नियुक्त भएका छन् ।
स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले बिहिबार मन्त्रिस्तरीय निर्णयबाट ट्रमा सेण्टरका हाडजोर्नी विभाग प्रमुख हाडजोर्नी विशेषज्ञ प्रा डा गिरीलाई बिहिबार मन्त्रालयमा सरुवा गरेका हुन् । उनले आजदेखि मन्त्रालयमा जिम्मेवारी सम्हाल्ने बताइएको छ ।
यसअघि सो महाशाखामा प्रमुखमा डा भोगेन्द्रराज डोटेल थिए । हाल डोटेलको कुनै जिम्मेवारी नतोकिएको मन्त्रालयले जनाएको छ । रासस