नवराज सिलवालको मुद्दा हेर्दा हेर्दैमा,साउन २६ गते अर्को पेशी


नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिमा आफूलाई अन्याय भएको भन्दै डिआइजी नवराज सिलवालले दायर गरेको मुद्दाको सुनुवाई हेर्दाहेर्दै सरेको छ।

सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायका अनुसार यो मुद्दाको अर्को सुनुवाई साउन २६मा हुने छ।

अहिले सिलवालको रिटमाथि अन्तिम सुनुवाई चलिरहेको हो।

यो मुद्दाको सुनुवाई प्रधानन्यायाधीश गोपाल पराजुलीसहित न्यायाधीशहरू ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मिरा खड्का, प्रकाशमान सिंह राउत, पुरुषोत्तम भण्डारीको पुर्ण इजलासमा भइरहेको छ।

विहिबार सिलवालका वकिलहरु बरिष्ठ अधिधवक्ता हरिहर दाहाल, बद्रीवहादुर कार्की, तुलसी भट्ट र अधिवक्ताहरु टिकाराम भट्टराई, दिपेन्द्र झा लगायतले बहस गरेका थिए।

गत फागुनमा सरकारले बरीयतामा अगाडि रहेका सिलवाललाई छोडर पछि रहेका डिआइजी जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा नियुक्त गर्ने निर्ण गरेको थियो। सो निर्णयलाई सर्वोच्चले लागु नगर्न आदेश दिएको थियो। सर्वोच्चको आदेशपछि सरकारले अर्का डिआइजी प्रकाश अर्याललाई आइजिपी बनाउने निर्णय गरेको थियो।

डिआइजीले सिलवालले कार्यसम्पादन र मूल्यांकनका आधारमा आफू अर्यालभन्दा पनि अगाडि रहेको भन्दै फेरि सर्वोच्चमा रिट हालेका थिए। यसअघि पटक पटक सर्दै आएको मुद्धामा आज बृहत पूर्ण इजलासमा सुनुवाइ सुरु भएको हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.