नेपाली कामदारको उद्धारमा अब  ढिलाई नहुने परराष्ट्रमन्त्री महराको प्रतिबद्धता

नेपाली कामदारको उद्धारमा अब  ढिलाई नहुने परराष्ट्रमन्त्री महराको प्रतिबद्धता


उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले विदेशमा अलपत्र परेका नेपाली कामदारको उद्धारमा अब  ढिलाई नहुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उपप्रधानमन्त्री महराले आफूले कार्यदल नै बनाएर विदेशमा अलपत्र परेका नेपाली कामदारहरुको समस्याको पहिचान गर्न लगाएकाले अब  उद्धार कार्य पनि तीव्र रुपमा अघि बढ्ने बताए । पछिल्लो समय परराष्ट्र मन्त्रालयले श्रम मन्त्रालयसँग सहकार्य गरी विदेशमा अलपत्र परेका नेपाली कामदारहरुको उद्धार कार्यमा सक्रियता बढाएको छ । उपप्रधानमन्त्री महराले विदेशमा अलपत्र परे  सरकारलाई जानकारी दिन ढिलाई नगर्न पनि सबैलाई आग्रह गरे । सरकारले केही समयअघि उद्धार गरी नेपाल फर्काएकाहरुसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री महराले विदेशमा काम गर्नेक्रममा भोगेका समस्याहरुबारे पनि विस्तृत जानकारी लिएका थिए ।

त्यसै अवसरमा हालै कुवेतमा अलपत्र परेर परराष्ट्र मन्त्रालयले उद्धार गरेकी नुवाकोटकी सीता तामाङले आफूलाई नेपाल फर्काउन पहल गरेकोमा परराष्ट्रमन्त्री महराप्रति आभार समेत व्यक्त गरेकी थिईन । तामाङ एक वर्ष अघि वैदेशिक रोजगारीको शिलशिलामा कुवेत पुगेकी थिईन । त्यहाँ मालिकको कुटाई सहन नसकेर भाग्दा उनको खुट्टा भाँचिएको थियो ।

 

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.