तनहुँको जिससमा वाग्ले निर्वाचित


जिल्ला समन्वय समितिका अध्यक्षमा शान्तिरमण वाग्ले निर्वाचित भएका छन् ।

आज भएको मतदानमा २० मतमा वाग्लेले १२ मत ल्याएका छन् । अध्यक्षसहित नौ वटै पद काँग्रेस समूहले हात पारेको छ ।

त्यसैगरी जिसस उपाध्यक्षमा पवित्रा पौडेल तथा जिल्ला सदस्यमा नीलबहादुर थापा, अर्जुन अधिकारी, केशबहादुर सुनार, गलबहादुर गुरुङ, दिव्येश्वरी विक, घनिमाया थापा र सरस्वती गौतम निर्वाचित भएका छन् । रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.