आयोगलाई नै निर्वाचनको मिति तोक्ने अधिकार दिन सरकार सकारात्मक-गृहमन्त्री

आयोगलाई नै निर्वाचनको मिति तोक्ने अधिकार दिन सरकार सकारात्मक-गृहमन्त्री


गृहमन्त्री जनार्दन शर्माले निर्वाचन आयोगलाई नै निर्वाचनको मिति घोषणा गर्ने कानूनी व्यवस्था गर्न अाफू सकारात्मक रहेको बताएका छन्  ।

गृहमन्त्री शर्माले राजनीतिक दलहरुले दिएको सुझावको आधारमा सरकारले आयोगलाई नै निर्वाचनको मिति घोषणा गर्ने कानूनी व्यवस्था गर्न तयार रहेको पनि स्पष्ट पारे । बिहिबार व्यवस्थापिका संसद राज्य व्यवस्था समितिको बैठकमा ‘प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४’ माथिको छलफलमा सांसदहरुले उठाएका मुख्य–मुख्य जिज्ञासाको जवाफ दिँदै उनले निर्वाचन आयोगले नै निर्वाचनको मिति घोषणा गर्ने विश्वव्यापी प्रचलन रहेको तर्फ पनि आफू सचेत रहेको उल्लेख गरे । विधेयकमा सरकारले नै निर्वाचनको मिति घोषणा गर्ने उल्लेख गरिएको छ ।

गृहमन्त्री शर्माले सरकार चरणबद्ध निर्वाचनको पक्षमा नरहेको पनि स्पष्ट पारे । उनले निर्वाचनमा महिलाहरुको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गराउने व्यवस्था पनि विधेयकमा गरिएको पनि बताए ।  गृहमन्त्री शर्माले सरकार संविधानको दायर भित्रै रहेर आवश्यक ऐन, नियम बनाउन प्रतिबद्ध रहेको पनि दोेहोर्याए ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.