सञ्चारमन्त्रीद्वारा चौलागाईं र आचार्यलाई शपथ


सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपाल दूरसञ्चार प्राधिकरणका सदस्यहरु  चुडामणि चौलागाईं र टेकनाथ आचार्यलाई  पद तथा गोपनीयताको शपथ गराएका छन्

बिहिबार सूचना तथा सञ्चार मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्रि बस्नेतले  उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

गत जेठ २ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार दूरसञ्चार ऐन, २०५३ को दफा ८ बमोजिम उनीहरु प्राधिकरणमा ५ वर्षका लागि नियुक्त भएका हुन् ।

मन्त्री बस्नेतले नवनियुक्त सदस्यद्वयलाई सफल कार्यकालको शुभकामना दिँदै दूरसञ्चार सेवा प्रवाहमा उल्लेख्य काम गरी देखाउन निर्देशन दिए ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.