तातोपानी नाका खुलाउन चीन सरकारसँग पहल भइरहेको छ- मन्त्री बस्नेत

तातोपानी नाका खुलाउन चीन सरकारसँग पहल भइरहेको छ- मन्त्री बस्नेत


सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ सम्बन्धी अवधारणालाई सरकारले उच्च प्राथमिकता दिएको दाबी गरेका छन् ।  बिहिबार काठमाडौंमा आयोजित ‘नेपाल – चीन सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राष्ट्रहितलाई केन्द्रमा राखेर परराष्ट्र सम्बन्धलाई अघि बढाउँदै लगिएको पनि बताए ।

मन्त्री बस्नेतले तातोपानी नाका खुलाउने काममा चीन सरकारसँग पहल भइरहेको बताए । तातोपानी नाका नखुलेकै कारण मुलुकलाई अर्बौंको राजस्व घाटा भइरहेको स्मरण गराए ।

‘२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षति पुर्याएपछि तातोपानी नाका खुल्न सकेको छैन ।’ उनले भने, ‘तातोपानी नाका खुलाउन चीन सरकारसँग वर्तमान सरकारले  पहल गरिरहेको छ ।’

तातोपानी नाका बन्द हुँदा त्यस वरपरका आर्थिक गतिविधि समेत ठप्प हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.