यस्ता छन् आजका मन्त्रिपरिषद बैठकका निर्णयहरू (भिडियोसहित)

यस्ता छन् आजका मन्त्रिपरिषद बैठकका निर्णयहरू (भिडियोसहित)




बिहिबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको रिक्त उपाध्यक्ष पदमा स्वर्णीम वाग्लेको नियुक्त, नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षकमा ११ जनालाई बढुवा लगायतका निर्णय गरेको छ।

आजका बैठकका निर्णयहरू

  • राष्ट्रिय योजना आयोगको रिक्त उपाध्यक्ष पदमा डा स्वर्णीम वाग्लेलाई नियुक्त
  • नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षकमा ११ जना बढुवा। बढुवा हुनेमा प्रहरी नायब महानिरीक्षकहरु बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्टराई छन्।
  • अमेरिकी सरकारी निकाय ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’बाट सडक यातायात र विद्युत् प्रशारणसम्बन्धी कार्यका लागि प्राप्त हुने ५१ अर्ब ३८ करोड सहायता रकम स्वीकार गर्ने निर्णय।
  • हेर्नुहोस् भिडियोमा

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.