सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा स्वर्णिम वाग्लेलाई नियुक्त गरेको छ। बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले वाग्लेलाई उपाध्यक्षमा नियुक्त गरेको हो।
२०७२ मा
सुशील कोइराला नेतृत्वको सरकार र अघिल्लो सरकारको पालामा आयोगको सदस्यको रुपमा काम गरिसकेको वाग्ले यसपटक उपाध्यक्षमा नियुक्त भएका हुन्। सरकारको आर्थिक तथा विकास सल्लाहकारको भूमिकामा रहने आयोगको उपाध्यक्षमा नियुक्त भएपछि वाग्लेले योजना आयोगको सुधार, आर्थिक विकासको ठोस योजना बनाउने दायित्व आफूमाथि आइपरेको प्रतिक्रिया दिएका छन्।छोटो समयमै गर्नुपर्ने काम धेरै भएकोले तिनलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर तथ्यमा आधारित योजना निर्माण र आयोगलाई नै वास्तविक नीतिगत थिंक ट्यांक बनाउने आफ्नो कार्ययोजना रहेको वाग्लेले बताए।
२०३१ मा गोरखाको बुङ्कोटमा जन्मिएका वाग्लेले लण्डन स्कुल अफ इकनमिक्सबाट अर्थशास्त्रमा स्नातक गरेका थिए। त्यस्तै अन्तर्राष्ट्रिय विकासमा अमेरिकाको हार्भड विश्वविद्यालयबाट स्नात्तोकात्तर गरेका वाग्लेको विशेष रुची र विज्ञता सार्वजनिक वित्त, अन्तर्राष्ट्रिय व्यापार, लगानी र प्रतिस्पर्धात्मक क्षमतामा रहेको छ।
उनले विश्व बैकको मुख्यालय वासिङटन डिसिमा वरिष्ठ अर्थशास्त्रीको रुपमा समेत लामो समय काम गरेका थिए । राष्ट्रसंघीय विकास कार्यक्रममा पनि उनीसाग नीति विश्लेषकको रुपमा काम गरेको अनुभव छ । उनको दर्जनभन्दा बढी अर्थशास्त्र सम्वन्धी प्राज्ञिक लेख अन्तराष्ट्रिय जर्नलमा प्रकाशित छन् ।
उनी २०४६ सालको एसएलसीका वोर्ड सेकेण्ड पनि हुन् । उनलाई प्रभावशाली युवा अर्थशास्त्रीको उपमा दिएर अन्तराष्ट्रिय मिडियाहरुले लेख्ने गरेका छन् ।
https://www.youtube.com/watch?v=21Q33WAzECg&feature=youtu.be