ऊर्जा क्षेत्रमा लगानी गर्न अमेरिका इच्छुक

ऊर्जा क्षेत्रमा लगानी गर्न अमेरिका इच्छुक


अमेरिकाले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न इच्छा व्यक्त गरेको छ । अमेरिकी कार्यबाहक राजदूत मिचेल सी गोञ्जालेजले आज ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीलाई भेटी आफ्नो देश नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न इच्छुक भएको बताएका हुन् ।

ऊर्जामन्त्रालयमा भएको भेटमा राजदूत गोञ्जालेजले अपर कर्णाली परियोजना र अरुण तेस्रो परियोजनाको बारेमा पनि चासो व्यक्त गरेका थिए । उनले यी परियोजनाहरू अहिलेसम्म बन्न नसक्नुको कारणबारे ऊर्जा मन्त्री शाहीसँग जिज्ञासा राखे । जवाफमा ऊर्जामन्त्री शाहीले नेपालमा झोलामा खोला बोकेर दलाल र माफियाहरुले काम नगरिरहेकाले यस्ता समस्याहरू सृजना भएको बताए ।

उनले अपर कर्णाली र अरुण तेस्रो परियोजना जस्ता आयोजनाहरू समयमै सञ्चालन गर्न नसक्नुमा निर्माण कम्पनीहरूले ढिलासुस्ती गरिरहेको भन्दै उनीहरूले समयमै काम सञ्चालन गर्न नसक्ने हुन भने सम्झौता रद्ध गर्ने तयारी गरिएको  बताए । ऊजामन्त्री शाहीले समयमै काम नगर्ने कम्पनीहरूसंँग एकपटक छलफल गरी समयावधि तोक्ने र  समयाधिभित्र काम नगर्ने कम्पनीको लाईसेन्स समेत खारेज गर्ने नीतिगत व्यवस्था समेत गर्ने बताए ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.