श्रमजीवि पत्रकारहरुलाई न्याय दिन आफू लागि पर्ने मन्त्री बस्नेतको प्रतिबद्धता


सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले श्रमजीवि पत्रकारहरुलाई न्याय दिन आफू लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मंगलबार नेपाल पत्रकार महासंघले काठमाडौंमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले पत्रकारहरुको भौतिक सुरक्षाको विषयमा गम्भीर रहेको बताउँदै न्यूनतम पारिश्रमिक नदिनुको कारण पत्ता लगाई समाधान गर्नेतर्फ आफू लाग्ने बताए ।

संचार मन्त्री बस्नेतले आफू नेपाल पत्रकार महासंघसँग सहकार्य गरेर अघि बढ्ने उल्लेख गरे । सहकार्य गरेर मात्रै आफ्नो दायित्व पूरा हुनेमा आफू सचेत रहेको उनले बताए । नेपाल पत्रकार महासंघले पत्रकारहरुको उचित पारिश्रमिक दिने व्यवस्थासहित बनाएको कानून कार्यान्वयनमा ल्याउन सरकारलाई दबाब दिँदै आएको छ ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.