युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले खेलकुद क्षेत्रबाट मुलुकको प्रतिष्ठा उच्च बनाउन आफू लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्रीभएपछि पहिलो पटक मंगलबार बिहान काठमाडौंस्थित दशरथ रंगशालाको अवलोकन गर्ने क्रममा उनले सो प्रतिबद्धता जाहेर गरेका हुन् ।
मन्त्री केसीले खेलाडीहरुको वृद्धि विकासमा आफूले जोड दिने पनि स्पष्ट पारेका छन् । संचारकर्मीमाझ राष्ट्रिय खेलकुद परिषद्सँग आवश्यक समन्वय गरी खेलकुद क्षेत्रको विकासमा लागि पर्ने उनले बताए । उनले भने, ‘खेलकुद मन्त्रालयको दायित्व खेल क्षेत्रको विकास गरी मुलुकको प्रतिष्ठा बढाउनु हो । ’
मन्त्री केसीले भूकम्पले क्षति पुर्याएका दशरथ रंगशालाको पुनर्निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे ।
https://www.youtube.com/watch?v=5-7ibYcVTIc&feature=youtu.be