डा. गोविन्द केसीको समर्थनमा विभिन्न ठाउँमा प्रदर्शन


नेपालको स्वास्थ्य क्षेत्रमा भैरहेको व्याप्त भ्रष्टाचार, विकृति र राजनीतिक भागवण्डालाई परास्त गरी चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई आम सर्वसाधारणको पहुँचमा पुर्याउन भन्दै डा. गोविन्द केसी ११ अौँ पटक अनशनरत छन् ।  सरकारले यस अघि  गरेका सम्झौताहरु कार्यान्वयन नगरेको र विभिन्न बहानामा झुलाउने काम मात्रै गर्दैआएको हुँदा ११ औँ अनशन बसेका केसीको मङ्गलबार नौ दिन भएको छ ।

यसै विषयलाई लक्षित गर्दै डा. गोविन्द केसीको समर्थनमा सरकारलाई झकझक्याउन तथा उनको माग तत्काल पूरा गर्न माग राख्दै विवेकशील साझा पार्टीले विभिन्न जिल्लाहरु  कास्की, दाङ, झापा, सुनसरी लगायतका इकाईबाट शान्तिपूर्ण प्रदर्शनी गर्दै आएको छ ।

पार्टी इकाई कास्कीले  हिजो  सोमबार पोखरास्थित मानव अधिकार चोक अगाडी डा. गोविन्द केसीको माग तत्काल पूरा गरियोस भन्दै विभिन्न सन्देशमुलक प्लेकार्ड सहित सडक सन्देश कार्यक्रम गरेका थिए  । साथै झापास्थित विर्तामोडको मुक्तिचोकमा पनि विवेकशील साझा पार्टी झापा इकाईले विगत ३ दिनदेखि ‘आई एम विथ डा. केसी’ लिखित ब्यानर तथा प्लेकार्ड लिई शान्तिपूर्ण प्रदर्शनी गर्दै आएका छन् ।

त्यसैगरि, पार्टीले गत शनिबार दाङस्थित घोराहीको तुल्सीपुर चोकमा विभिन्न सन्देश मुलक प्लेकार्ड प्रदर्शन गरेर समर्थन जनाएका थिए l काठमाडौंमा  पनि सोहि दिन सोलिडारिटि फर डा. गोविन्द केसी अलायन्ससँगै दलले माईतीघरमा सहभागी जनाएको थियो । यसका साथै, सुनसरीमा पनि गत शुक्रबार पार्टीले डा. गोविन्द केसीको समर्थनमा विभिन्न सन्देश मुलक प्लेकार्ड सहित सडक सन्देश कार्यक्रम गरेको थियो l

सोहि मुद्दालाई पुनः लक्षित गर्दै सरकार तथा संसदहरुको ध्यानाकर्षण गराउन तथा संसद तथा सरकारले देखाएको गैरजिम्मेवारीको सांकेतिक विरोध गर्दै डा.केसीको मागहरु तत्काल पूरा गर्न माग गर्दै मंगलबार दिउँसो २ बजे बानेश्वरमा  ‘६०१ संसदलाई ६०१ घण्टे’ कार्यक्रम आयोजना गरेको छ ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.