भरतपुरको मुद्दा हाम्रो सरोकारको होइन : पम्फा भुषाल


नेकपा माओवादी केन्द्रले भरतपुरको मतगणना कि मतदान भन्ने विवादमा सर्वोच्चको आदेश आफ्नो सरोकारको विषय नभएको बताएको छ। भुषालले सेतोपाटीसँग भनिन् – ‘यो निर्वाचन आयोगको निर्णय विरुद्धको मुद्दा हो। हाम्रो सरोकारको विषय होइन।’

उनले सर्वोच्चको आदेश जे आए पनि आफ्नो पार्टीले स्वीकार गर्ने यसअघि नै स्पष्ट गरिसकेको दोहोर्‍याइन्।

उनले भरतपुरमा पुन: मतदान गर्ने आयोगको निर्णय सही रहेको पुष्टि भएको जिकिर गरिन्।

भरतपुर महानगरमा गत जेठ १५ गते मतगणनाको क्रममा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले मतदान स्थल कब्जा भएको जनाउँदै पुन: मतदानको निर्णय लिएको थियो।

आयोगको निर्णय विरुद्ध गुञ्जमान विकले सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चले रिट खारेज गर्दै मतदानको निर्णय सदर गरिदिएको छ। अब भरतपुर १९ मा पुन: मतदान हुनेछ।

सर्वोच्चको ‘दुर्भाग्यपूर्ण’ फैसलाको जवाफ जनमतबाट दिन्छौंः एमाले

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.