जनजाति महासङ्घमा शेर्पा


नेकपा (एमाले) निकट नेपाल लोकतान्त्रिक आदिवासी महासंघको प्रदेश नं ३ को संगठन कमिटी पासाङ शेर्पाको संयोजकत्वमा गठन गरिएको छ ।

९० सदस्यीय कमिटीका सचिवमा सरोजमोहन लामा र प्रेमानन्द श्रेष्ठ रहेको महासंघका केन्द्रीय सचिव रामचन्द्र बलले जानकारी दिए।
सो अवसरमा एमाले सचिव पृथ्वीसुब्बा गुरुङले जनजातिका विषय एमाले नै बढी उठाएकाले पार्टीमा जनजातिको बढी सहभागिता भएको बताए । अब आउने प्रदेश र संघीय निर्वाचनमा पनि जनजातिका विषयलाई विशेष रुपमा उठाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य परशुराम मेघी गुरुङ, केन्द्रीय सदस्य शेरबहादुर तामाङलगायतले प्रदेश र संघीय निर्वाचनमा जनजातिको प्रतिनिधित्व बढाउनुपर्नेमा जोड दिए ।  रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.