नेकपा (माओवादी केन्द्र)को भातृसंगठन अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलन भदौमा हुने भएको छ। राजधानीमा बिहीबार बसेको संगठनको पदाधिकारी बैठकले भदौ ७ देखि ११ गतेसम्म काठमाडौंमा सम्मेलन गर्ने निर्णय गरेको अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए।
सम्मेलनका लागि साउन २८ गते ७५ जिल्लामा अधिवेशन हुने र सो अधिवेशनले केन्द्रीय प्रतिनिधि छान्ने उनले जानकारी दिए। सम्मेलनबाट २५ पदाधिकारीसहित १९९ जना केन्द्रीय सदस्य छानिने छन्। बस्नेतले पहिलोपटक प्रत्यक्ष निर्वाचनबाट नेतृत्व छान्ने निर्णय भएको बताए। पदाधिकारी सिङ्गो हलबाट छानिने छन् भने केन्द्रीय सदस्य प्रदेशगत रुपमा निर्वाचित हुनेछन्।