डा. केसीसँग वार्ता गर्न सरकारले गठन गर्यो वार्ता टोली


सरकारले आमरण अनशनमा बसेका डा‍. गोविन्द केसीसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले अनशनरत चिकित्सक डा. गोविन्द केसीसँग वार्ताको लागि शिक्षा सचिवको संयोजकत्वमा स्वास्थ्य सचिव, प्रधानमन्त्री कार्यालयका सचिव रहेको ३ सदस्यीय वार्ता समिति गठन गरेको छ ।

दसौं सत्याग्रह क्रममा सरकारसँग भएको सम्झौता कार्यान्वयनसहित विभिन्न सातबुँदे माग राख्दै त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक केसीले सोमबारदेखि एघारौं अनसन शुरू गरेका छन्।

 

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.