सार्वजनिक यातायात सहज बनाउने मन्त्री बलायरको प्रतिबद्धता


नव नियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले सार्वजनिक यातायात सहज बनाउने  प्रतिबद्धता व्यक्त गरेका छन्।  बुधबार  पदबहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै   उनले साे प्रतिबद्धता जाहेर गरेका हुन् ।

उनले भौतिक पूर्वाधारका काममा तीव्रता दिने र सार्वजनिक यातायातलाई सहज बनाउने काममा ध्यान दिने र विकास निर्माणमा हुने ढिलाइका कारण खोजी त्यसको समाधान गर्ने बताए । यसका  साथै, मन्त्रालयका काममा आएका जटिलता समाधान गर्ने समेत बताए ।  मन्त्री बलायरलाई मन्त्रालयका सचिव देवेन्द्र कार्कीलगायत अधिकारीहरुले स्वागत गरेका थिए । उनलाई स्वागत गर्न र बधाई दिन मन्त्रालयमै कार्यकर्ताको पनि भीड देखिन्थ्यो ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.