प्रधानमन्त्री देउवा भदौ ७ गते भारत जाने

फाइल तस्बिर।


प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ पहिलो साता भारत भ्रमण गर्ने भएका छन्।

देउवाको भारत भ्रमणका लागि भदौ ७ देखि १० गतेसम्मको मिति तय भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

भ्रमणको एजेन्डा र विस्तृत तालीका भने तय हुन बाँकी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.