यी हुन् विवेकशील साझा पार्टीका केन्द्रीय सदस्यहरू


विवेकशील नेपाली दल र  साझा पार्टीबीच एकता भएपछि बनेको विवेकशील साझा पार्टीमा ३४ जना केन्द्रीय सदस्य रहने भएका छन्। ८ जनाको संयोजन समितिसहित दुबै पार्टीबाट १७/१७ जना केन्द्रीय सदस्य बनेका हुन्। विवेकशील साझा पार्टीको संयोजन समितिमा रवीन्द्र मिश्र,उज्जवल थापा, गोविन्द नारायण तिमल्सिना , निरुपमा यादव, सूर्यराज आचार्य, अनुषा थापा, मुमाराम खनाल र रमेश पौडेल छन्।

बुधबार एकता घोषणा गरिएको पार्टीमा  बाँकी २२ जना केन्द्रीय सदस्य बनेका छन्। अब्दुल मिया, अर्जुनसिंह ठकुरी, उमेद पुन, ओम अर्याल, किरणकृष्ण श्रेष्ठ, किशोर थापा, जीवन श्रेष्ठ, दिनेश प्रसाईँ, प्रकाशचन्द्र परियार, पुकार बम, मानवी पौडेल, रन्जु दर्शना न्यौपाने, रमेश महर्जन, राम शाह र रेशु अर्याल विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य बनेका छन्। त्यस्तै शशीविक्रम कार्की, शोभा शाक्य, सरोज धिताल, साधना राई, सुवुना बस्नेत, शोभिता परियार र ज्ञानेन्द्र निरौला   पनि पार्टीका केन्द्रीय सदस्य बनेका छन्।

३४ जनाको केन्द्रीय कार्यसमिति  भनिए पनि  ४ जनाको नाम अझै टुंगो नलागेको सो पार्टीले जनाएको छ। २ वर्षभित्र महाधिवेशन गर्ने पार्टीले महाधिवेशनसम्म ५९ जना केन्द्रीय सदस्य पु¥याउने बताएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.