विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता भएपछि बनेको विवेकशील साझा पार्टीले सामूहिक नेतृत्व अपनाउने भएको छ। नेतृत्वका लागि उक्त पार्टीले ८ जनाको संयोजन समिति बनाएको छ भने रवीन्द्र मिश्र र उज्ज्वल थापा सहसंयोजक बनेका छन्। संयोजन समितिमा गोविन्द नारायण, निरुपमा यादव, सूर्यराज आचार्य, अनुषा थापा, मुमाराम खनाल र रमेश पौडल छन्।
सामुहिक नेतृत्वमा गएको विवेकशील साझा पार्टीका बैठकको अध्यक्षता भने रवीन्द्र मिश्रले गर्ने छन्। अहिले ३४ जनाको केन्द्रीय कार्यसमिति बनाएको पार्टीले महाधिवेशन सम्म ५९ जना केन्द्रीय सदस्य पुर्याउने बताएको छ।