विवेकशील र साझा पार्टीबीच अाज एकता हुने

विवेकशील र साझा पार्टीबीच अाज एकता हुने


वैकल्पिक राजनीतिक शक्तिका रूपमा अगाडि आएका दुई पार्टी विवेकशील नेपाली दल र साझा पार्टीबीच आज (बुधबार) एकता हुने भएको छ।

एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ रहनेछ भने चुनाव चिन्ह तराजु राख्ने सहमति भएको छ । एकीकृत पार्टीमा विवेकशीलका अध्यक्ष उज्ववल थापा र साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको संयुक्त नेतृत्व हुनेछ। दुबैलाई सहसंयोजक पद दिइएको छ। बैठकको अध्यक्षता मिश्रले गर्ने सहमति भएको स्रोतले बताएको छ ।

पार्टीको केन्द्रीय समिति ५१ सदस्यीय हुनेछ । अहिले दुवै पार्टीबाट १७/१७ जना छन् भने १७ जनालाई केन्द्रीय सदस्य मनोनित गर्ने सहमति भएको छ । दुबै पक्षबीच छिट्टै महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने समझदारी भएको नेताहरुले बताएका छन् ।

दुई पार्टीद्वारा मङ्गलबार जारी विज्ञप्ति अनुसार बुधबार दिउँसो बानेश्वरमा एकता घोषणा हुने भएको छ।

साझा पार्टी गठन भएपछि यी दुवै पार्टीलाई एकताको लागि सामाजिक सञ्जालमा निकै आग्रह गरिएको थियो। उनीहरुलाई मिलेर स्थानीय चुनावमा भाग लिन समेत आग्रह गरिएको थियो। एकता र तालमेलका लागि केही प्रयास भए पनि दुवै पार्टी छुट्टाछुट्टै चुनाव लडेका थिए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.