राजपाको आन्दोलन निर्वाचन नभई संविधान संशोधन : अध्यक्ष ठाकुर

फाइल तस्बिर: सन्जिब बगाले/सेतोपाटी


राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले यथास्थितिमा तेस्रो चरणको निर्वाचनमा आफूहरु सहभागि नहुने बताएका छन् । भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले संविधान संशोधन आफूहरुको प्रमुख एजेण्डा भएकाले त्यसको पूर्णता बिना यथास्थितिमा आफूहरु निर्वाचनमा सहभागि नहुने बताएका हुन् ।

उनले हाल संविधान संशोधनका लागि सत्तापक्षले दुई तिहाई मत पु¥याउन लागेता पनि एमाले विगत देखिनै आफूहरुको मागको विपक्षीमा रहेकोले संविधान संशोधनले पूर्णता पाउन नसकेको बताए । आफूहरुका मागका बारे सरकारले कहिले पनि स्पष्ट व्यवहार देखाउन नसकेको आरोप लगाउँदै अध्यक्ष ठाकुरले भने, ‘सरकारले आफूले गरेको वाचाहरु पूरा नगर्दा समस्या समाधान हुन नसकेको बताए ।

उनले सरकारले आफ्नो दलले भाग नलिए पनि आफ्ना कार्यकर्ताहरुमाथि दमन गरी पहिलो र दोस्रो चरणको निर्वाचन गरेकाले अब तेस्रो चरणको निर्वाचन पनि दमन शैली अपनाएर गर्ने बताए । उनले तराईमा आफ्नो निहत्था कार्यकर्ताहरुमा सरकार पक्षबाट धरपकड भइरहेको भन्दै यस्ता गतिविधि तत्काल बन्द गर्नुपर्ने र तराई आन्दोलनमा घाइतेको उपचार, जेलमा भएकाहरुलाई तत्काल रिहा गर्नुपर्नेतर्फ सरकारले ध्यान नदिएको आरोप लगाए ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.