हाम्रा माग पूरा गर्न सरकार गम्भीर भएन – महतो


राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले तराई मधेशका समस्या समाधान गर्न सरकार गम्भीर नभएको आरोप लगाएका छन् । सेतोपाटीसँग कुराकानी गर्दै राजपा नेता महतोले सरकारले धेरै पटक आश्वासन दिएको तर पूरा नगरेको बताए ।

‘सहिद घोषणा, मुद्धा खारेज, राजनीतिक बन्दी रिहा लगायतका मागहरु तीन दिनभित्र पूरा गर्छु भनेको भएपनि सरकारले यो काम गरेको छैन ।’उनले भने,‘सरकार गम्भीर नभएकोले हामी समेत अन्यौलमा परेका छाैं।’

बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधन, स्थानीय तहको संख्या वृद्धिका लागि अन्य दलहरुसँग छलफल गर्ने प्रतिबद्धता जनाएको महतोले बताए । ‘प्रधानमन्त्री पार्टीको बैठकमा व्यस्त रहनुभएको छ ।’उनले भने,‘अहिले त सत्तारुढ दलहरुसँग छलफल पनि भएको छैन ।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.