शर्माको बन्दीप्रत्यक्षीकरण रिटको पूर्ण इजलासमा सुनुवाइ हुँदै


आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई गैरकानुनी थुनामा राखेको भन्दै परेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले आज बृहद् पूर्ण इजलासमा सुनुवाइ गर्दैछ।

सर्वोच्च अदालतका अनुसार बृहद् पूर्ण इजलासमा न्यायाधीशहरु दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सारदा प्रसाद घिमिरे र अनिलकुमार सिन्हा रहेका छन्।

शर्माकी श्रीमती कल्पना उप्रेती शर्माले आफ्ना श्रीमानलाई  अख्तियार दुरुपयोग अनुसन्धान अायोगले गैरकानुनी तरिकाले थुनामा राखेको भन्दै  उनको रिहाइको माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट हालेकी थिइन्।

यसअघि न्यायाधीशद्व चोलेन्द्रशम्शेर जबरा र प्रकाशमान सिंह राउतको इजलासले कर फर्छ्यौट आयोग अर्धन्यायीक निकाय भएकोले संवैधानिक प्रश्न उठेको भन्दै सुनुवाइ पूर्ण इजलासले गर्नुपर्ने ठहर गरेको थियो।

सो इजलासले  सर्वोच्च अन्तिम निर्णयमा नपुगेसम्म  मुद्दा अगाडि नबढाउनविशेष अदालतलाई  पनि अादेश  दिएको थियो।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.