तीन दिनपछि अस्पतालबाट फर्किए पूर्व राजा ज्ञानेन्द्र


पूर्वा राजा ज्ञानेन्द्र शाह तीन दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। मुटुमा समस्या देखिएपछि शाह गत ४ गते नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका थिए। उनको कोरोनरी एन्जियोग्राम गर्दा मुटुको एउटा नसामा अवरुद्ध देखिएको थियो।

शाहको अस्पतालमा एन्जियोप्लाष्टी गरिएको थियो। उनको स्वास्थ्यमा सन्तोषजनक सुधार देखिएकोले उनको डिस्चार्ज गरिएको सहयोगी फणिन्द्र पाठकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

ज्ञानेन्द्रले आफूलाई स्वास्थ्य लाभको शुभकामना दिने सबैलाई धन्यवाद समेत दिएका छन्।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.