२ नम्बर प्रदेशमा भदौ २१ गते उम्मेदवारी दर्ता


निर्वाचन आयोगले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। आयोगको परामर्शमा सरकारले असोज २ गते गर्ने तेस्रो चरणमा निर्वाचनमा ८ जिल्ला अन्तर्गत १ सय २७ स्थानीय तहमा निर्वाचन हुँदैछ।

त्यसका लागि आयोगले भदौ २१ गते मनोनयन दर्ताको कार्यक्रम राखेको छ।

यसरी दर्ता भएका मनोनयनपत्र उपर दाबी विरोध उजुरी, छानबिन गरेर भदौ २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहको छ।

यसरी तय गरिएका उम्मेदवारमध्येबाट सम्बन्धित नगर र गाउँपालिकाका मतदाताले असोज २ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गरी आफ्नो जनप्रतिनिधिको चयन गरिने छ।

यसअघि वैशाख ३१ गते र असार १४ गते गरी ६ वटा प्रदेश अन्तर्गत पहिलोमा २ सय ८३ र दोस्रोमा ३ सय ३४ स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ। जसमा भरतपुर महानगरपालिकाको बाहेक सबै स्थानको परिणाम सार्वजनिक भइसकेको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.