राप्रपा बैठक शुरू, नेता पशुपति शम्शेर राणा आज पनि बैठकमा आएनन्


राष्ट्रिय प्रजातन्त्र पार्टीको बुधबारदेखि जारी केन्द्रीय कार्यसमितिको बैठक बिहीबार पुनः शुरू भएको छ ।

नयाँ बानेश्वरमा बुधबार शुरू भएको सो बैठक स्थान परिवर्तन गरी बिहीबार टङ्गालमा बसेको नेता राजाराम श्रेष्ठले जानकारी दिए । बिहान ८ बजे शुरू गरिएको सो बैठकमा वरिष्ठ नेता पशुपति शम्शेर राणा बिहीबार पनि अनुपस्थित छन्।

परिमार्जित संविधान संशोधनको पक्षमा नेताले सुझाव दिएको उक्त बैठकमा पार्टीले सरकारमा सहभागिता जनाउने विषयमा पनि टुङ्गो लगाइने सम्भावना छ ।

बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन, महामन्त्री ध्रुवबहादुर प्रधानले प्रस्तुत गरेका स्थानीय तहको निर्वाचन समीक्षासम्बन्धी प्रतिवेदन, अर्का महामन्त्री जयन्त चन्दले प्रस्तुत गरेका सांगठनिक अवस्था र भावी रणनीतिसम्बन्धी प्रतिवेदनका बारेमा छmलफल शुरू भएको प्रवक्ता भुवन पाठकले बताए ।

शुक्रबारसम्म जारी रहने उक्त बैठकमा कोषाध्यक्ष उद्धव पौडेलले प्रस्तुत गरेका पार्टीको आर्थिक गतिविधिसम्बन्धी प्रतिवेदनमा केन्द्रीय सदस्यले आ–आफ्ना धारणा तथा दृष्टिकोणका साथै सुझाव दिनेछन् । रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.